
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य सुर्य ढकालले नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा सोमबार नेपालगन्जमा भएको जिल्लास्तरिय तेश्रो नागरिक सम्मेलनलाई सम्बोधन गर्दै ढकालले समाज रुपान्तरणका लागि हरेक क्षेत्रमा नागरिक समान अग्रपंतिmमा रहने गरेको बताउनुभयो ।
बहुदलिय व्यवस्थादेखि देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने कार्यमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउँदै तीनै तहका सरकारहरुले नागरिकका आवाजहरुलाई संवेदनशील रुपमा लिनुपर्ने ढकालको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका प्रतिनिधि सभा सदस्य ढकालले नागरिक सम्मेलनमा उठान भएका विषयलाई सम्बोधन गर्न आफ्नो तर्फबाट गर्न सकिने पहल गर्ने बताउदै नागरिक समाजलाई साझेदारीको रुपमा सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।
नागरिक सम्मेलनमा नागरिक समाजका संस्थाहरुको चुनौती तथा नागरिक स्वतन्त्रताको विषयमा छलफल गरिएको थियो । सम्मेललाई सम्बोधन गर्दै गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले साझेदारी, पहरेदारी र खबरदारीका लागि नागरिक संघसंस्थाहरुले सदैव तटस्थ रुपमा भूमिका खेल्दै आएको बताउनुभयो ।
समाज रुपान्तरणका लागि नागरिक समाजले खेलेको भुमिकालाई स्मरण गराउँदै सुवेदीले सरकारपक्ष स्वेच्छाचारी बन्दै गएको र नागरिक आवाजलाई वेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । नागरिक संस्थाहरुले गरेको योगदानलाई विर्सन नहुने भन्दै देशमा व्यवस्था फेरिएपनि अवस्था उस्तै रहेको बताउदै अध्यक्ष सुवेदीले भन्नुभयो, “सरकारमा बसेकाले ऐन, कानून र संविधानले व्यवस्था गरेअनुसारका अधिकारको प्रत्याभूत गराएर अगाडी बढे सहकार्य गर्न तयार छौँ,ै संविधान विपरित र देशको कानून विपरित गएको खण्डमा खवरदारी गर्न पछि पर्ने छैनौँ ।”
नागरिक सम्मेलनमा गैसस महासंघ नेपाका केन्द्रीय सदस्य नमस्कार शाहले परिवर्तित अवस्थामा नागरिक समाजको भुमिका, अवस्था, समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नागरिक सम्मेलनमा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले समाज विकासमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहेको बताउँदै सामाजिक कार्यमा नागरिक समाजसंग हातेमालो गर्न स्थानीय सरकार तयार रहने बताउनुभयो ।
सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की, गैसस महासंघ नेपाल बाँकेका पुर्व अध्यक्षहरु पुर्णलाल चुके, तेजविक्रम शाह र प्रभात कुमार ठकुरी, उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रीय मानव अधिकार आयोग लुम्बिनी प्रदेश संयोजक द्वारीका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रश्रृषी चौलागाई, इन्सेकका प्रदेश संयोजक भोला महत, गैसस महासंघ नेपाल बाँकेका सल्लाहकार वसन्त गौतम लगायतले नागरिक समाजको भुमिकाको विषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धमैलाल रोकाया, कर्णाली प्रदेश इन्चार्ज बिष्णु देवी रावल, बर्दिया शाखा अध्यक्ष प्रिज्मा थारु लगायतको उपस्थिति रहेको थियो । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सम्मेलन शाखा सचिव रमेश सिटौलाले सञ्चालन गर्नुभएको थियो । महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारीले स्वागत गरेको सम्मेलनमा १५० बढी नागरिक समाजका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
यसैगरी गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुवेदीलाई नागरिक सम्मान प्रदान गरिएको छ । तेश्रो नागरिक सम्मेलनमा गैसस महासंघ नेपाल बाँके शाखाले सुवेदीलाई नागरिक सम्मान गरेको हो । सुवेदीले नागरिक समाजको नेतृत्व गरेर नागरिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै बाँकेका नागरिक समाजहरुको तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ढकाल, बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकाया, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य शाह, रोकाया, बाँके शाखा अध्यक्ष तिमिल्सिना र बाँकेका नागरिक समाजका प्रमुखहरुले माला, खादासहित सम्मान पत्रले सम्मान प्रदान गर्नुभएको थियो । सुवेदी लामो समयदेखि नागरिक समाजको नेतृत्वमा रहेर समाज परिवर्तनको लागि काम गर्दै आउनुभएको छ ।





