शम्सेरगन्जमा कालोपत्रे सडक निर्माण कार्य शुरु

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ शम्सेरगन्जमा कालोपत्रे सडक निर्माण कार्य शुरु भएको छ । निर्माण गर्न लागिएको कालोपत्रे सडकको शुक्रबार शिलान्यास गरिएको छ ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उक्त सडक शिलान्यास गर्नुभएको हो । चालु आर्थिक वर्ष भित्रमा कालोपत्रे सडक सम्पन्न हुने अध्यक्ष पौडेलले बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ को सिमानादेखि ५ सय मिटर लम्बाई र ८ मिटर चौडाईमा नालासहितको सडक निर्माण गर्न लागिएको हो ।

कुल ६७ लाख ६८ हजार १ सय ३१ रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । उक्त सडक निर्माण गर्न ‘अनमोल/मेनुका जेभी’ले सम्झौता गरेको बताइएको छ ।

Previous articleअवैध ओसारपसारमा संलग्न थप तीन टिप्पर प्रहरी नियन्त्रणमा
Next articleयस्तो छ, सम्बन्ध टुटने मुख्य ३ कारण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here