अहिले पनि हिंसाका घटना घटिरहेको हुँदा सचेत हुन जरुरी: सांसद श्रेष्ठ

नेपालगन्ज । महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगन्जमा एकजुट भएर ११५ औ अन्तराष्ट्रिय नारी दिवस मनाएका छन । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाबाट सुरु भएको ¥याली विपि चोक, धम्बोजि चोक, सेतुविक चोक, न्युरोड, त्रिभुवन चोक हुँदै पुनः नेपालगन्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

आयोजक मूल समारोह समिति एवं नगरस्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाचो रहेकोमा जोड दिएका थिए । उनीहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्ण रुपमा लिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदिबहिनीहरुले प्रभावकारी भुमिका निभाउनुपर्ने बताउनुभयो । महिलाअधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउँदै उहाँले महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले महिला अधिकारका बिषयमा प्रकाश पार्दै ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अव व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ र उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मीलगायतले बोल्नुभएको थियो ।

“सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” यस पटकको नाराका साथ भएको कार्यक्रममा स्वागत नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन अधिकारकर्मी निर्मला पौडलले गर्नुभएको थियो । कार्यक्रममा २ सय भन्दा धेरैको सहभागिता रहेकोे थियो । दिवसको पुर्वसन्ध्यामा नेपालगन्जमा अन्य कार्यक्रमहरु पनि भएका थिए ।

जसअन्र्तगत दिवसको अवसरमा नगरस्तरीय बाल क्लव सन्जालका पदाधिकारीलाई स्थानीय बालमैत्री कार्यक्रम सम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको थियो । ग्रामिण क्षेत्रमा महिला पुरुष समविकास सम्बन्धि ३ दिने तालिम सञ्चालन र कृपा हस्पिटल र सामुदायिक प्रहरी सेवा व्यवस्थापन केन्द्रको आयोजनामा कृपा हस्पिटलमा विपन्न अवस्थाका महिलाहरुको निःशुल्क पाठेघरको क्यान्सर परिक्षण कार्यक्रम गरिएको उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुरीले बताउनुभयो ।

Previous articleखजुरामा परीक्षा केन्द्र निर्धारण व्यावहारिक नभएको आरोप
Next articleनेपालगन्जमा ६ जना महिला सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here