
नेपालगन्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा छ जना महिला सम्मानित भएका छन् । नगरस्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जालले नारी दिवसकै अवसरमा विविध क्षेत्रमा क्रियाशिल छ जना महिलालाई सम्मानित गरेको हो ।
सम्मानित हुनेहरुमा उद्योगी, पत्रकार र सामाजिक अभियान्ता गरी छ जना महिलाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा महिला उद्यमितर्फ आशा सार्की, लक्ष्मि बम र नानी माया पुरी रहनु भएको छ ।
यसैगरी क्रियाशिल पत्रकार महिलातर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित हुनु भएको छ भने सामाजिक अभियान्तातर्फ शाहिदा बानो सम्मानित हुनु भएको छ ।





