दुई औषधीलाई नेपालमा उत्पादन र विक्री गर्न प्रतिबन्ध

काठमाडौं । औषधी व्यवस्था विभागले दुई औषधीलाई नेपालमा उत्पादन र विक्री गर्न प्रतिबन्ध लगाएको छ । विभागमा दर्ता भएका एटोरवास्टेटिन ५ एमजी ट्याब्लेट र एम्पाग्लिफ्लोजिन ५ एमजी ट्याब्लेट स्टे्रन्थका एकल मिश्रण औषधीलाई प्रतिबन्ध लगाइएको हो ।

प्राविधिक अध्ययन गर्दा त्यहाँ प्रयोग भएका पदार्थहरू नेपालमा दर्ता भएको नपाइएको विभागले जनाएको छ । यसपछि औषधी मूल्यांकन समितिले गत असोज ९ गते र कार्तिक २ गते औषधी उत्पादन तथा विक्री वितरण रोक्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा माघ ३ गते बसेको सल्लाहकार समितिको बैठकको निर्णयअनुसार औषधी व्यवस्था विभागले उक्त औषधीमाथि प्रतिबन्ध लगाएको हो । हाल बजारमा रहेको भए बढीमा ३ महिनाभित्र फिर्ता गर्न भनिएको छ ।

बजारमा रहेको औषधीको विवरण समेत विभागमा पठाउन निर्देशन दिइएको छ । यी औषधीहरू कोलेस्टेरोल नियन्त्रण र मधुमेह रोगका लागि प्रयोग हुने गरेका छन् ।

Previous articleनमुना समाज विकास केन्द्रको भवन निर्माण कार्यको शिलान्यास
Next articleकार्यसमिति गठन त्रुटीपूर्ण, कार्य नगर्न उच्च अदालतको आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here