पौडेलको अध्यक्षतामा समाजवादी महिला संघ लुम्बिनी गठन

नेपालगन्ज । सुशिला पौडेल शर्माको अध्यक्षतामा ४१ सदस्यीय समाजवादी महिला संघ, लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । नेपालगन्जमा बुधबार सम्पन्न संघको ऐतिहासिक अधिवेशनले अध्यक्षमा नेपालगन्ज वडा नम्बर १३ कि पौडेल शर्मालाई चयन गरेको हो ।

गठित समितिको उपाध्यक्षद्वयमा रुपन्देही गिता सिंह र बाँकेकी नेहा अन्सारी रहनुभएको छ । अधिवेशनले सहसचिवमा बर्दियाकी निसा सिंह र रुपन्देहीकी बिस्नु चौधरी, कोषाध्यक्षमा दाङकी राधा चौधरीलाई चयन गरेको छ । सदस्यहरुमा क्रमश: नेपालगन्ज वडा नम्बर ४ की प्रतिक्षा गिरी, डुडुवा गाउँपालिका १ की शान्ति यादव, वडा नम्बर २ की रिता यादव र छविरानी यादव, वडा नम्बर ४ की ललिता गुप्ता, नेपालगन्जकी खातुना बेहना, नेपालगन्ज वडा नम्बर २० की आरती हरिजन र बाँकेकी प्रेमा हरिजन रहनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माको बिशेष उपस्थितिमा भएको अधिवेशनको उद्घाटन शत्रमा पार्टीका केन्द्रीय सचिव तथा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, केन्द्रीय सदस्य तथा समाजवादी महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादव, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्य तथा महिला संघकी केन्द्रीय महासचिव भगवती सुवेदी, केन्द्रीय सदस्यहरू रेनुका सिंह, बेबी तबस्सुम अन्सारी, रामकुमार यादव, सुधाकर मिश्रा, केन्द्रीय सदस्य ताथा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, पार्टीका लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादव, मुख्यसचिव राजन रानामगर लगायतको उपस्थिति रहेको पार्टीका बाँके सचिव सूर्यलाल यादवले जानकारी दिनुभयो ।

Previous articleवन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना अभियान संचालन
Next articleमहेन्द्र बहुमुखी क्याम्पस स्वावियु अध्यक्षमा शाह बिजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here