नेपालगन्ज म्याराथनमा पुरस्कृत तामाङ्गलाई नेपालगन्ज १२ द्वारा सम्मान

नेपालगन्ज । नेपालगन्ज म्याराथनमा सहभागि भएर पुरस्कृत भएका एक बृद्धलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले सम्मान गरेको छ ।

केही समयअघि नेपालगन्जमा सम्पन्न म्याराथनमा सहभागि भएर पुरस्कृत हुन सफल हुने नेपालगन्ज १२ का वडाबासी मंगल तामाङ्गलाई वडाले बुधबार सम्मानित गरेको छ ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर वडाले सम्मान पत्रसँगै सामान प्रदान गरेको वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।

६८ वर्षीय तामाङ्ग नेपालगन्ज म्याराथनमा सहभागि भएर छैठों हुन सफल हुनुभएको थियो । यो उमेरमा पनि म्याराथनमा सहभागि भएर पुरस्कृत हुनु वडाका लागि गर्वको कुरा भएको वडाअध्यक्ष बज्राचार्यको भनाई छ ।

तामाङ्गलाई वडाका जनप्रतिनिधिले सम्मान पत्र प्रदान गर्नुका साथै ट्रयाकसुट र टिसर्टपनि प्रदान गरिएको छ । तामाङ्ग ४२ किलोमिटिर फुल म्याराथनमा सहभागि भएर छैठौं हुनुभएको थियो । नेपालगन्ज म्याराथन आयोजक संस्थाका टिएस ठकुरीको समन्वय तथा उपस्थितिमा तामाङ्गलाई सम्मान गरिएको हो ।

Previous articleमहेन्द्र बहुमुखी क्याम्पस स्वावियु अध्यक्षमा शाह बिजयी
Next article´आफ्नो वडा आफै बनाऔं` भन्दै नेपालगन्ज १२ मा सरसफाई अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here