कसौंधन युवा मञ्च तथा महिला मञ्चद्वारा होली मिलन

नेपालगन्ज । कसौंधन युवा मञ्च तथा महिला मञ्चले शनिबार होली मिलन कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा शनिबार साँझ होली मिलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा होलीको शुभकामना आदान प्रदान गरिनुका साथै मञ्चसँग समन्वय तथा सहकार्य गर्नेहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले मञ्चले गर्दै आएको सामाजिक कार्यको सराहना गर्नुभएको थियो ।

सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसमेतको उपस्थिति रहेको थियो । युवा मञ्चका अध्यक्ष संजय कुमार बैश्यका अनुसार प्रत्येक वर्षझै यस वर्ष पनि होली मिलन कार्यक्रम गरिएको छ । यस्ता कार्यक्रमले वैश्य समुदायमा एकापसमा सम्बन्ध निर्माणको काम गर्ने अध्यक्ष संजयको भनाई छ ।

कार्यक्रमलाई मञ्चका महासचिव भैरव प्रसाद बैश्य (शिवम) ले संचालन गर्नुभएको कार्यक्रममा हजार बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Previous articleशैक्षिक सुधारका लागि पहल जारी छ : मन्त्री तिमिल्सेना
Next articleनेपालगन्ज १८ को शिवशक्ति टोलमा नालासहित बाटो निर्माण सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here