
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को शिवशक्ति टोलमा सडक निर्माण कार्यको शिलान्यास गरिएको छ । भौतिक निर्माण कार्यको १८ नम्बरका वडा अध्यक्ष दिपक बर्माले शिलान्यास गर्नुभएको हो ।
वडाअध्यक्ष बर्माको सक्रियताले वडाका टोल टोलमा सडक स्तरउन्नति भैरहेको स्थानियवासी बताउँछन् । बर्माले वडाको टोल टोलका सडक स्तरउन्नतिका लागि आरसिसी नालासहितको सडक शिलान्यास गरि धमाधम निर्माण कार्य अगाडी बढाएको बताउनुभयो ।
करिव ३० लाखको लागतमा शिवशक्ति टोलमा रहेको २ सय १४ मिटर आरसीसी नालासहितको सडक स्तरउन्नतिका लागि स्थानियवासीको सहभागितामा शिलान्यास गरि निर्माण कार्य अगाडी बढाएको वडाअध्यक्ष बर्माले बताउनुभयो ।





