डुडुवाद्वारा लुम्बिनीका सामाजिक विकास मन्त्री तिमिल्सीनालाई सम्मान

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनालाई सम्मान गरेको छ । गाउँपालिकाले गाउँपालिकापरिसरमै एक भब्य कार्यक्रमको आयोजना गरेर मन्त्री तिमिल्सीनालाई स्वागत गर्दै सम्मान गरेको हो ।

गाउँपालिकाले अध्यक्ष नरेन्द्र कुमार चौधरीले मन्त्री तिमिल्सीनालाई खादा लगाएर सम्मान प्रदान गर्नुभएको थियो । सो क्रममा अध्यक्ष चौधरीले मन्त्री तिमिल्सीनालाई गाउँपालिकाको शिक्षा सुधारका लागि गरेको प्रयास, कार्यान्वयनमा रहेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै अध्यक्ष चौधरीले मन्त्री तिमिल्सीनालाई शैक्षिक सुधारका लागि आवश्यक कार्यक्रमहरु पालिकामा ल्याउन पनि आग्रह गर्नुभएको थियो । अन्य पालिका भन्दा फरक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउँदै अध्यक्ष चौधरीले शैक्षिक सुधारविना समुन्नत समाजको विकास नहुने पनि धारणा राख्नुभएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सीनाले शिक्षाको सुधार नै समाज विकासको आधार भएकाले यसमा आफुले ध्यान दिएको बताउनुभयो । उहाँले शिक्षकहरुको भूमिकाको प्रसंशा गर्दै मन्त्रालयले प्रदेशमा शिक्षा विकासका लागि ल्याएको कार्यक्रमहरुका बारेमासमेत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडा नम्बर ४ का वडाअध्यक्ष सगिर खाँ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय सदस्य द्रोर्णबहादुर ओली, नेपाल शिक्षक महासंघ जिल्ला उपाध्यक्ष शेखर रावत, नेपाल शिक्षक महासंघ डुडुवाका अध्यक्ष अक्षय कुमार धोवी, नेपाल शिक्षक संघ डुडुवा गाउँपालिका अध्यक्ष शिव प्रसाद सापकोटा, शिक्षक संगठन डुडुवाका अध्यक्ष अहमद अलि खाँ, पालिकाभरीका शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous articleराप्ती सोनारी-२ मा भूमिहीनलाई निस्सा बाँड्न सुरु
Next articleलोरेन्स बिस्नोईको मान्छे भनेर ५ करोड भारु माग गर्ने बुढा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here