लोरेन्स बिस्नोईको मान्छे भनेर ५ करोड भारु माग गर्ने बुढा पक्राउ

नेपालगन्ज । समाजिक सञ्जालको प्रयोग गरी फिरौती माग गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुर्खेतको साविक मैनतडा गाँउ विकास समिति वडा नम्बर ५ का ४१ वर्षीय राम बहादुर बुढालाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले व्हाट्स एपमार्फत फिरौती माग गर्दै आएका हाल भेरी गंगा नगरपालिका वडा नम्बर ७ काठेघारीका बुढा क्षेत्रीलाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

बुढाले विभिन्न विदेशी नम्बरको प्रयोग गरेर व्हाट्सएपमार्फत फिरौती माग गर्दै आएका थिए । बुढा हाल कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्दै आएका थिए ।

आफु ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनि म्यासेज गरेर ५ करोड भारतीय रुपैँया माग गरेको र उक्त रकम नदिईएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको प्रहरीको अनुसन्धान क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रयोग गर्ने मोवाईलमा बिदेशी नम्बरको व्हाट्सएप खोलेको र म्यासेज गरेको समेत देखिएको हुनले प्रहरीले अनसन्धान गरीरहेको जनाएको छ ।

बुढाको अपराधिक पृष्ठभूमि यस्तो छ :
१.  इ.प्र. का काँकरभिट्टा झापाबाट मिति २०६१/०४/२७ मा ललाई फकाई बिबाह गर्छु भनि नेपाली युवतीलाई काँकरभिट्टा हुँदै भारत तर्फ लगि गएकोमा जिउ मास्ने बेच्ने उद्योग मुद्धा लागेको ।

२.  जि.प्र.का झापाबाट मितिः २०६२/१२/०८ मा धाक धम्की दिदै सर्वसाधारणबाट चन्दा अशुली गर्ने गरेकोले मुद्धा लागेको ।

३.  महानगरिय परिसर काठमाण्डौबाट मिति २०६४/०५/०९ मा धाक धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखि फिरौती रकम असुल गरेकोले मुद्धा चलेको ।

४.  इ.प्र.का छिन्चु सुर्खेतबाट मिति २०६४/१२/२७ गते संविधान सभा निर्वाचन २०६४ का उम्मेदवार ऋषि शर्मा प्रचार प्रसार सकेर आउदै गर्दा सुर्खेत मेहलकुना जहरेबजार नजिक लोधे भन्ने स्थानमा निज समेतले गोली हानी मारेको कर्तव्य ज्यान मुद्धा चलेको ।

५.  २०६५ साल चैत्रमा द्वन्द पिडित सेना प्रहरीको आन्दोलनमा हतियार खोसेको विषयमा काठमाण्डौमा मुद्दा चलेको ।

६.  कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ती बहादुर बस्नेतलाई गोली हानेको केशमा ५ वर्ष कैद र रु.६०,०००।– जरीवाना फैसला भएकोमा उक्त कैद भुक्तान गरी २०७०/११/२८ गते कारागारबाट छुटेको ।

२०५९ सालमा नेपाल आर्मीमा भर्ना भई छोटो समय मात्र सेवा गरी त्यहाबाट भागेपछि खाशै कुनै पेशा तथा व्यवसाय नगरेका राम बहादुर बुढा क्षेत्रीले कहिले कुन समुह त कहिले कुन समुहसँग मिलेर देशको विभिन्न स्थानमा अपराधिक क्रियाकलाप गर्ने गरेको । अपराधिक क्रियाकलाप गर्नको लागि भारतिय आधारकार्ड, विभिन्न बिदेशका ध्जबतकब्उउ नम्बरहरू समेत प्रयोग गर्ने गरेको ।

Previous articleडुडुवाद्वारा लुम्बिनीका सामाजिक विकास मन्त्री तिमिल्सीनालाई सम्मान
Next articleसहकारीका समस्या समाधानमा पहल गर्न राठौरलाई आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here