कोहलपुर न्यू सिटीले सार्वजनिक गर्यो आकर्षक योजना

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको कोहलपुर न्यू सिटी परियोजनाले आकर्षक योजना सार्वजनिक गरेको छ । परियोजनाले नयाँ वर्ष २०८२ को आगमनसँगै जग्गा खरिद गरी घर निर्माण गर्नेलाई आकर्षक सहुलियत प्रदान गरिने जनाएको छ ।

परियोजना संचालन गरेको कोहलपुर डेभलपर्स प्रालिले न्यु सिटीमा घडेरी खरिद गर्ने ग्राहकका भारी छुटको व्यवस्था गरिएको बताएको छ । कोहलपुरमा आइतबार विहान पत्रकार भेटघाट गर्दै डेभलपर्सले घडेरी खरिद गरी घर निर्माण गर्ने ग्राहकलाई पाँच महिनाभित्र घर निर्माण गर्ने ग्राहकलाई विशेष अफर रहेको सिभिल इन्जिनियर रविन खड्काले जानकारी दिनुभयो ।

ग्राहकले घडेरी खरिद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्ट्रेशन शुल्क र राजश्व प्रालिले नै भुक्तानी गरिदिने, घडेरी खरिदको मूल्यको ५० प्रतिशत बैंक फाइनान्स सुविधा र दुई तलासम्म घर निर्माण गर्दा त्यसमा लाग्ने सिमेन्ट र ईटामा ५० प्रतिशतसम्म प्रालिले नै बेहोर्ने इन्जिनियर खड्काले बताउनुभयो ।

कोहलपुर न्यु सिटीका व्यवस्थापक सुरेश आचार्यले त्यहाँ ५ सय बढी पूर्वाधारयुक्त घडेरी विकास गरी विक्री वितरण गर्दै आएको बताउनुभयो । कालोपत्रे सडक, विजुली बत्ती, सतही पानी निकास, खानेपानी, निर्माणाधीन अस्पताल, नगर बसपार्क, प्रहरी चौकी तथा निजी स्कुलहरुसमेत रहेको कोहलपुर न्यु सिटी प्लानिङ क्षेत्रभित्र ८ धुरदेखि १२ धुरसम्मका घडेरी खरिद गर्न सकिने आचार्यले बताउनुभयो ।

२० विगाहा क्षेत्रफलमा फैलिएको कोहलपुर न्यु सिटी नेपालगन्ज विमानस्थलबाट १८ किलोमिटर तथा कोहलपुर चौराहाबाट ६ किलोमिटर पश्चिम र पूर्व पश्चिम राजमार्गदेखि ४ सय ५० मिटर दक्षिणमा अवस्थित छ । कोहलपुर न्यु सिटीलाई वृक्षारोपण गरेर वातावरणमैत्री क्षेत्र बनाइएको इन्जिनियर खड्काले बताउनुभयो ।

उहाँका अनुसार त्यसभित्र मुख्य सडक ७ मिटर र सहायक सडक ५ मिटर चौडाईका छन् । मुख्य सडकमा प्रति धुर ५ लाख २५ हजार र सहायक सडकमा ४ लाख २५ हजारमा घडेरी खरिद गर्न सकिन्छ । हालसम्म १ सय ५० घडेरी विक्री भइसकेको व्यवस्थापक आचार्यले बताउनुभयो । आचार्यका अनुसार डुबानको समस्या नहुने गरी प्लानिङ गरिएको छ ।

न्यु सिटीभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै कामहरुसमेत गरेको इन्जिनियर खड्काले बताउनुभयो । खानेपानी आयोजनाको लागि ३ कठ्ठा, प्रहरी विटका लागि २ कठ्ठा, बसपार्क क्षेत्रलाई ६ कठ्ठा र वैजनाथ गाउँपालिकाको निर्माणाधीन १५ शैयाको अस्पतालका लागि ११ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराइएको छ ।

Previous articleज्ञानेन्द्र शाहलाई चुनावी मैदानमा आउन कांग्रेसका महामन्त्री शर्माकाे चुनौती
Next articleआन्दोलनमा सहभागि हुन सबै शिक्षकलाई महासंघ बाँकेको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here