आन्दोलनमा सहभागि हुन सबै शिक्षकलाई महासंघ बाँकेको आग्रह

नेपालगन्ज । नेपाल शिक्षक सघं जिल्ला कार्यसमिति बाँकेले शिक्षक आन्दोलनमा सहभागि हुन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेको छ । संघ बाँकेका उपाध्यक्ष मनोजराजा श्रीवारस्तवले शिक्षकको शैक्षिक हडताल सबैका लागि भएकाले सबै शिक्षकलाई काठमाण्डौ केन्द्रीत सडक प्रदर्शनमा सहभागि हुन आग्रह गर्नुभएको छ ।

नेपाल शिक्षक महाससंघ राष्ट्रिय समितिद्वारा घोषित काठमाडौं केन्द्रीत सडक आन्दोलन चैत २० देखि तथा देशव्यापी आम शैक्षिक आन्दोलन चैत २५ गतेदेखि जारी काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ वानेश्वरबीच तीनवटै लेनमा सडकजाम हुँदै कार्यक्रम दिनहुुँ हुँदै आएको छ । नेपाल सरकारले विगतमा अनेकौं पटक काम सम्झौताहरु महासंघसँग गर्ने तर कार्यान्वयन नगरेको हुदाँ निर्णायक आन्दोलन गर्नु परेको संघले जनाएको छ ।

आम शैक्षिक आन्दोलनको क्रममा देशभरिका सम्पूर्ण विद्यालयको सवैकार्य नतिजा, भर्ना, कक्षा ११ र १२ को परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिम, सम्मेलन, वैठक लगायतका कार्यक्रम पूर्णरूपमा बहिष्कार गरेको राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीद्वारा जारी विज्ञप्तिमार्फत गराउँदै आएकोमा पनि बाँके जिल्लामा पूर्ववत् कार्यक्रमहरु कडाइका साथ लागू गर्ने र यसको वरखिलाफ कसैले अवज्ञा गरेमा गोप्यरुपले संघले अनुगमन गरिरहेको छ ।

अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा वरखिलाफ जाने त्यस्ता शिक्षकलाई कारवाही तथा मूल्यांकन गरिने संघको भनाई छ । संघले सबैका लागि यो आन्दोलन भएको भन्दै नैतिक भौतिक तथा आर्थिकरुपले साथ सहयोग गरिदिन हुन आह्वान गरेको छ ।

शिक्षा ऐन–२०२८ लाई विस्थापन गर्दै नँया बिद्यालय शिक्षा ऐन २०८०लाई महासंघको सहकार्यबाट जारी गरी नवयुगानुकुल शिक्षा, शैक्षिक तथा पेसागत मागहरु संवोधन ऐनमार्फत गराउने गरि निर्णायक आम शैक्षिक हडताल जारी रहेको र महासंघको विज्ञप्ति नआउनजेलसम्म सबै शिक्षक कर्मचारी साथीहरू सहभागी हुन संघ बाँकेले जिल्लामा रुलिङ गरेको जानकारी गराएको छ ।

यस्तै मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको थियो । सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यद्यपि आन्दोलनका कार्यक्रम जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आन्दोलन स्थगित नहुने बताउनुभएको छ । उनीहरूले २०८० असोजमा भएको सहमति कार्यान्वयनको माग गर्दै आइरहेका छन् ।

Previous articleकोहलपुर न्यू सिटीले सार्वजनिक गर्यो आकर्षक योजना
Next articleलागू औषध ब्राउन सुगरसहित नेपालगन्जबाट १ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here