लागू औषध ब्राउन सुगरसहित नेपालगन्जबाट १ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट लागू औषधसहित ब्राउन सुगरसहित एक युवालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले जमुनाहाबाट एक युवालाई लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैेशाख ५ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहाबाट जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय प्रवेश सुनार पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ पैदल आउदै गरेका सुनारलाई संका लागेर चेकजाचँ गर्दा जिन्सको पाईन्टको बायाँ खल्तिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ पदार्थ बरामद भएकाे थियाे ।

सुनारबाट प्राप्त धुलाे पदार्थकाे शुद्ध तौल ३३ ग्राम ४ सय मिलिग्राम फेला पारपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।

Previous articleआन्दोलनमा सहभागि हुन सबै शिक्षकलाई महासंघ बाँकेको आग्रह
Next articleयोग समितिको ३६ औं केन्द्रको उद्घाटन, व्यवस्थापन समितिसमेत गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here