योग समितिको ३६ औं केन्द्रको उद्घाटन, व्यवस्थापन समितिसमेत गठन

नेपालगन्ज । ‘स्वास्थ्य नै धन हो शान्ति नै शक्ति हो ।’ आउनु होस् मानव जाति हामी सबै मिलेर योग गरौं स्वस्थ सबल नेपाल को निर्माण गरौं भन्ने मुल नाराका साथ योग समिति नेपालको ३६ औं योग केन्द्रको भव्य उद्घाटन हुनुका साथै योग व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

योग समिति नेपाल, केन्द्रिय कार्यालय नेपालगञ्जको आयोजनामा आज खजुरा गाउँपालिका वडा नम्बर ४ मा योग केन्द्रको उद्घाटन एक भव्य समारोहबीच सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ रहनुभएको थियो । उहाँले योग समिति नेपाल केन्द्रिय कार्यालय नै बाँके जिल्लामा अवस्थित भएको र खजुरा गाउँपालिकाले यस योग समिति नेपाल ले चालेको अभियानलाई पहिलो रोजाइको रूपमा लिएको बताउनुभयो ।

उहाँले पालिकाको हरेक कार्यक्रम योग समिति नेपालसँग समन्वय गर्दै अघि बढ्ने र सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । विशिष्ट अतिथि वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर बुढा मगर योगगुरु आयुर्वेदाचार्यको प्रेरणादायी मार्गदर्शन र योग प्रशिक्षकहरूको बाक्लो उपस्थितिमा सामुहिक योगअभ्यास ध्यान गरिएको थियो ।

केन्द्रिय सचिव चिरञ्जीवी ज्ञवालीले संचालन गर्नु भएको कार्यक्रममा ३२ औं योग केन्द्रका संयोजक सुरेश खत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो भने ३६ योग केन्द्रका प्रमुख संयोजक राम चन्द्र तिवारीले कार्यक्रमको उदेश्यको बारेमा प्रकास पार्नु भएको थियो ।

केन्द्रिय पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संयोजक, जिल्ला संयोजक, वडा संयोजक, योग प्रशिक्षकहरू, आजीवन सदस्य, साधारण सदस्य, वडा कार्यालयका पदाधिकारीहरू, सचिव, स्थानीय सामाजिक तथा बौद्धिक ब्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । साथै ३६ औं योग केन्द्र व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

प्रमुख संयोजकमा योग प्रशिक्षक रामचन्द्र तिवारी ,संयोजकमा देबराज बि.सी, सह–संयोजक योग प्रशिक्षक प्रेम बि.सी साथै सदस्यहरूमा शेर बहादुर बि.सी, लीला कुमारी बुढा, शंकर चन्द, खडक बहादुर ओलि, उज्वल बि.सी, देब बहादुर बुढा रहनु भएको छ भने सल्लाहकारहरूमा टेकबहादुर बुढा मगर, बिदुर लामिछाने, दिलबिर बुढा रहनु भएको योग समिती नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारि दिनु भयो ।

कार्यक्रमले समुदायमा स्वास्थ्य, आत्मअनुशासन र सामाजिक समन्वयको महत्वमा ध्यान दिन प्रेरणा दिएको छ एवं नयाँ केन्द्रले स्थानीय तहमा योगको अभ्यास र प्रचार–प्रसारमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा समेत गरिएको थियो ।

Previous articleलागू औषध ब्राउन सुगरसहित नेपालगन्जबाट १ जना पक्राउ
Next articleमाछापालनलाई राम्रो बनाउन कृषकलाई अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here