माछापालनलाई राम्रो बनाउन कृषकलाई अभिमुखिकरण

बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिकामा माछापालन गर्दै आएका कृषकहरुसँग उत्पादनलाई लाभकारी बनाउन अभिमुखिकरण गरिएको छ । माछाका लागि दाना उत्पादन गर्दै आएको भारतको चर्चित एबिस एक्सपोर्टस् इन्डिया प्रालिले माछापालन कृषकहरुलाई अभिमुखिकरण दिएको हो ।

माछापालनलाई अझ व्यवसायीक बनाउँदै बढी लाभकारी बनाउन सकिने उपाय र प्रयोगमा ल्याउनुपर्ने आवश्यक दानाका बारेमा जानकारी गराइएको थियो । मत्स्य पालन बिशेषज्ञ डा.संजय कुमार श्रीवास्तवले मत्स्यपालनका बारेमा जानकारी गराउँदै एबिसले उत्पादन गर्दै आएको दानाको प्रभावकारीताका बिषयमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तुलाराम थारु, कल्पबृक्ष मत्स्य कृषक सहकारी संस्थाका अध्यक्ष चन्द्र प्रकाश लम्साल, स्थानीय अगुवा कृषक मिनराज पंगेनी, सिताराम थारु लगायतको उपस्थिति रहेको थियो । अभिमुखिकरणलाई सम्बोधन गर्दै वडाअध्यक्ष थारुले मत्स्यपालनलाई अझ राम्रो बनाउनका लागि कृषकहरुले राम्रो गर्नुपर्ने बताउनुभयो ।

उहाँले यसका लागि भारतीय कम्पनीले उत्पादन गरेको दानाका बारेमा पनि अभिुमखिकरणले प्रष्ट पारेको बताउनुभयो । कार्यक्रममा कम्पनीका सहायक उपाध्यक्ष दितेश कुमार सिंहसमेतको उपस्थिति रहेको थियो ।

बाँकेको कोहलपुर वडा नमबर ९ हवल्दारपुरमा रहेको अर्श सप्लायर्समार्फत भारतको आईबी ग्रुप अन्तर्गत फिश फिड एबिस एक्सपोटर्स कम्पनीले उत्पादन गरेको दाना नेपालका विभिन्न ठाउँका कृषकहरुले प्रयोग गर्दै आएको सप्लायर्सकर्ता सिराज अहमदले बताउनुभयो ।

उहाँका अनुसार गरिरहेको कार्यलाई राम्रो बनाउनका लागि मुख्यगरी माछालाई दिइने आहार (दाना) भएकाले यसको प्रयोगमा ध्यान दिनुपर्ने र गुणस्तरीय दानाको मात्र प्रयोगले उत्पादन राम्रो बनाउन सकिनेमा कम्पनीले जोड दिएको छ ।

कार्यक्रममा बढैयाताल क्षेत्रमा मत्स्यपालन गर्दै आएका अधिकांश कृषकहरुको सहभागिता रहेको पनि स्थानीय एक्पोर्टर सिराजले जानकारी दिनुभयो । एबिसले उत्पादन गरेको दाना गुणस्तर रहेकाले नेपालमा पछिल्लो समय प्रयोग बढदै गएको देखिएको एक्पोर्टरले जनाएको छ ।

Previous articleयोग समितिको ३६ औं केन्द्रको उद्घाटन, व्यवस्थापन समितिसमेत गठन
Next articleनिजी विद्यालय पनि बन्द गरिदिन महासंघको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here