
नेपालगन्ज । निर्धन उत्थान लघुवित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय परसपुरले सोमबार नेपालगन्जमा एक दिने कार्यशाला गोष्ठी संचालन गरेको छ । केन्द्र प्रमुखहरुका लागिहरुको सहभागिता गराउँदै एक दिने गोष्ठी सोमबार नेपालगन्जमा गरिएको शाखाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले ऋण लिएपछि तिुर्नपर्दैन भन्ने भ्रममा बस्न नहुने कुरामा जोड दिनुभयो । साथै उहाँले ऋण लिने सदस्यलाई सहुलियत प्रदान गर्नुपर्ने बताउनुभएको थियो ।
शाखाले गरिरहेको कार्यले ग्रामीण क्षेत्रको उत्थान तथा विकासमा सहयोग पुगेको समेत बताउनुभयो । गोष्ठीमा केन्द्र प्रमुखहरुलाई बित्तीय कारोबारका बारेमा जानकारी प्रदान गरिएको थियो भने उहाँहरुले गर्दै आएको अभ्यासका बारेमा छलफल गरिएको थियो ।
गोष्ठीलाई लिमिटेडका क्षेत्रीय प्रबन्धक मिन बहादुर हमालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा परसपुर शाखा प्रमुख गोपाल शर्मा, उदयपुर शाखा प्रमुख उमनाथ तिमिल्सिना, राँझा शाखा प्रमुख बिमल चन्द र ७२ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको गोष्ठीको उद्घाटन शत्र परसपुर शाखाका कर्मचारी लोकेश अधिकारीले संचालन गर्नुभएको थियो ।





