नेपालगन्जमा १५ दिने झोला बनाउने तालिम संचालन

नेपालगन्ज । नेपालगन्जका महिलाहरुका लागि प्रारम्भिक (१५ दिने) झोला बनाउने तालिम संचालन गरिएको छ । तालिमको सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नेपालगन्जमा रहेको आदीबासी जनजातिहरुका लागि सो तालिम संचालन गरिएको हो ।

तालिमलाई नेपाल आदीबासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य प्रमोद बहादुर श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्मचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात सम्बोधन गर्दै अध्यक्ष थापाले तालिमले व्यवसायी बन्नमा सहयोग पुर¥याउने बताउनुभयो ।

उहाँले पछिल्लो समय तालिम लिने तर सो तालिमको उपयोग नदेखिएका कारण यो तालिमले महिलाहरुलाई व्यवसायी बनाउनमा प्रभावकारी सावित हुने धारणा राख्नुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त शहर बनाउन पनि यस तालिमबाट सिकेको सीपले सहयोग पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।

राम्रोसँग सिकेपछि व्यवसायीक रुपमा उत्पादनलाई बिक्री गर्नका लागि आवश्यक समन्वय सहकार्य गरेर बजारीकरण गर्नमा सहयोग गरिने पनि उहाँले बताउनुभयो । उद्घाटनमा केन्द्रीय सदस्य श्रेष्ठ, वरिष्ठ पत्रकार कर्माचार्य, महासंघका महासचिव राजन रानामगरले सम्बोधन गर्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा सो तालिम संचालन गरिएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष भुमण्डल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा सहभागि भएका महिलाहरुलाई दुई शिफ्टमा सिप प्रदान गरिनेछ । घरेलुका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर बिष्टको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो भने ममता थापाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Previous articleनिर्धन उत्थानद्वारा नेपालगन्जमा एक दिने कार्यशाला गोष्ठी
Next articleमधुवनको वडा नम्बर ८ बाल विवाहमुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here