
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का महिलाहरूका लागि बिहीबारदेखि स्तन तथा पाठेघर सम्बन्धि दुई दिने सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।
सचेतनामूलक साे कार्यक्रमलाई नेपालगञ्ज वडा नम्बर १२ का वडा अध्यक्ष तरूण बज्राचार्यले उद्घाटन गर्नुभएको थियाे । साे क्रममा बाेल्दै वडा अध्यक्ष बज्राचार्यले पछिल्लो समय देशमा स्तन तथा पाठेघर सम्बन्धि समस्या भएका बिरामीहरूकाे संख्या बढ्न थालेकाे बताउनुभयो ।
उहाँले यस्ता समस्या न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना नै सबैभन्दा जरुरी रहेकाे उल्लेख गर्दै याे कार्यक्रम आयाेजना गरिएको बताउनुभयो । यसबारेमा जानकारी प्रदान गर्नु नै याे रसमस्यालाई निराकरण गर्न सकिने वडा अध्यक्ष बज्राचार्यकाे भनाइ छ ।
वडा कार्यालयकाे सहयाेगमा सृजनशील आमा समूहकाे आयाेजनामा संचालन भएकाे कार्यक्रमकाे उद्घाटन शत्रमा वडा सदस्यहरू शुसिला पन्त, चन्दा चिडिमार र राज कुमार बाल्मिकी, नेपालगञ्ज-१२ का नेपाली काँग्रेसका सभापति रामु चिडीमार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
समूहकी अध्यक्ष मीना कुमारी शर्माको अध्यक्षमा उद्घाटन शत्र संचालन गरिएको थियाे भने कार्यक्रमलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ स्वास्थ्य चाैकी प्रमुख आरती चाैधरी र नेपाल परिवार नियाेजन संघ बाँके शाखा प्रमुख रश्मी श्रेष्ठले सहजिकरण गरिरहनु भएकाे छ ।





