
नेपालगन्ज । योग समिति नेपालको ४३ औं योग केन्द्र बिस्तार गरिएको छ । योग समितिले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा आफ्नो ४३ औं योग केन्द्रको बिस्तार गरेको हो । सो केन्द्रको मंगलबार उद्घाटन गरिएको छ ।
केन्द्रको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले उद्घाटन गर्नुभएको थियो । सो क्रममा बोल्दै उहाँले सधैं हातेमालो गर्दै पालिकाका नागरिकलाई स्वस्थ बनाउन योग समितिलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै खजुरा गाउँपालिका स्वास्थ्य शाखाका दिपक ढकालले समेत बोल्नुभएको थियो ।
कार्यक्रममा योग गुरु आयुर्वेदाचार्य गिरिराजले स्वास्थ्य नै धन भएको, शान्ति नै शक्ति भएको भन्दै हरेक दिनको सुरुवात योगबाट गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रमलाई समितिका सचिव चिरञ्जीवी ज्ञवालीले संचालन गर्नुभएको थियो भने पुर्ण प्रसाद सापकोटा स्वागत मन्तब्य राख्नुभएको थियो ।
यस्तै यो प्रशिक्षक शर्मिला पौडेलको प्रमुख संयोजकत्वमा संयोजकमा पार्वती सुनार, सहसंयोजकमा मैया तिवारी र सदस्यहरुमा क्रमश दिनेश सुनार, शेर बहादुर रोकाय, छ्त्रेश्वर प्रसाद शर्मा, सम्झना खड्का, जमुना खड्का, श्रीजना रसाइली, अनु मगर, रमा गौतम र सल्लाहकारहरुमा हरि बहादुर ददेल, पूर्ण प्रसाद सापकोटा, नन्दलाल गुर्ताल, मिना सुनार, छबि लाल शर्मा, पर्शुराम ददेल, प्रताप सिंह बराइलि, अम्बिका खनाल रहनुभएको छ ।





