जसपा नेपाल बाँकेको जिल्ला अध्यक्षमा कौशल चयन

नेपालगन्ज । नेपालगन्जमा भएको प्रथम ऐतिहासिक अधिवेशनले जिल्ला अध्यक्षमा कौशल कुमार धोबीलाई चयन गरेको छ । नेपालगन्जमा आयोजना गरिएको पार्टीको एकताको प्रथम अधिवेशनले कौशल कुमार धोवीको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको हो ।

निर्वाचित कार्यसमिति उपाध्यक्षमा अकबर अली खाँ, सचिवमा सुर्यलाल यादव, सह-सचिवद्धयमा श्याम श्रेष्ठ तथा राहिल किंगरिया र कोषाध्यक्षमा रचना गुभाजु रहनुभएको छ ।

अधिवेशनले ३१ सदस्यीय समिति गठन गरिएको नवनिर्वाचित जिल्ला सचिव सूर्यलाल यादवले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन शत्रलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नुभएको थियो ।

Previous articleबिरोधीहरु लोकतन्त्र समाप्त पार्न लागे : अध्यक्ष यादव
Next articleजिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी कोहलपुरले उचाल्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here