बाँकेमा बाढी विपद्को कृत्रिम घटना अभ्यास

नेपालगन्ज । बाढी विपद्बाट हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी मनसुन पूर्वतयारी गर्ने क्रममा बाँके जिल्लामा बाढी विपद्को कृत्रिम घटना अभ्यास राप्तीनदी सिधनियामा शुक्रवार सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको उक्त अभ्यासमा नेपाली सेना र शसस्त्र प्रहरीले खोज तथा उद्धार, नेपाल प्रहरीले स्टेचर सेवा एवं संचार र नेपाल रेडक्रस सोसाइटी तथा नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार सेवा प्रदान गरी घाइतेलाई अस्पताल पठाइएको थियो ।

राप्ती नदीमा बाढी आएको बेला माछा मार्न गएको, रमाइलो गर्दै टिकटक बनाउँदै गरेको, केही समुदायको घर बगेको परिदृष्यमा आधारित रही टाउको चोट, हात भाँचिएको, बेहोसी, रक्तश्राव, नदीमा डुबेर पानी खाएको, जस्ता घाइतेलाई वर्गिकरण (ट्रियाज) गरी तत्काल प्राथमिक उपचार सेवा प्रदान गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश संसाद माननीय मिनाकुमारी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रमुखहरु, स्थानीय बासी एवं जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालनका लागि सुपर परियोजनाबाट सहयोग भएकाे थियाे ।

Previous articleनेपालगन्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु
Next articleअसार ४ र ५ गते नेपालगन्ज फाेटाे फेस्टिवल हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here