
काठमाण्डौं । नेपालमा ४ हजार ६ सय ५६ जना कोरोनाको संक्रमणबाट भएका छन् । आइतबारसम्ममा देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अछामका ४६ वर्षीय पुरुषको मृत्यु भएपछि भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभयो ।
उहाँलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो । उनी मधुमेका बिरामीसमेत भएको जानकारी प्रवक्ता डा गौतमले दिनुभयो । योसहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।





