मेयर कप महिला तथा पुरुष भलिबल : आदर्श र धम्बोजी मा.बि. प्रथम

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन ।

शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बिले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५–१६, २५–१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो । युनाईटेडले दोस्रोमै चित्त बुझायो । जय बागेश्वरी माबिले सगरमाथा मा.बि.लाई २५–१९, २५–१६ ले पराजित गर्दै तेस्रो भयो ।

त्यस्तै पुरुषतर्फ धम्बोजी मा.बि.ले जय जनता मा.बि.थपुवालाई २५–१६, २५–१६ ले पराजित गर्दै प्रथम भयो । मंगल प्रसाद मा.बि.ले युनाईटेडलाई २५–१८, २४–२६ र २५– २२ ले पराजित गर्दै तेस्रो भयो ।

दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धम्बोजी मा.बि.का श्यामलाल बिश्वकर्मा पुरुषतर्फ र आदर्श मा.बि.कि ग्रेष्ना सिलवाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

बिजयी हुने टीमलाई नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाल, समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी, ओलम्पियन पार्वती थापा लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको समाजका सचिव नरेन्द्र थापाले जानकारी दिनुभयो ।

समापन समारोहमा बिगत ५ दशकदेखि नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउनु भएका बाँके नेपालगन्ज वडा नम्बर–१८ कारकाँदो निवासी अशोक जङ्ग थापालाई दोसल्ला र ढाका टोपी लगाएर कदरपत्रले सम्मानित गरिएको थियो ।

Previous articleअसार ४ र ५ गते नेपालगन्ज फाेटाे फेस्टिवल हुने
Next articleडुडुवामा एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here