डुडुवामा एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम शुरु

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकामा कक्षा एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम शनिबारदेखि शुरु भएको छ ।

आधारभुत तह (कक्षा १-३) पाठयक्रम २०७६ अनुसार आधारभुत तह कक्षा १-३ मा अध्यापन गर्ने शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज तालिम आयाेजना गरिएको डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सञ्जय कुमार कर्णले बताउनु भयो ।

तालिममा कक्षामा शिक्षक प्रवेश हुनु पूर्व पढाउनु पर्ने विषयका बारेमा एकीकृत पाठ्यक्रमले तोकेको मापदण्ड अनुसार नै शिक्षण कार्य गर्नुपर्ने जानकरी गराउनु भयाे ।

डुडुवाका २३ जना शिक्षक कार्यक्रममा सहभागी छन् । कक्षा शिक्षण कार्यलाई सहज र सिकाई सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले साे कार्यक्रम सुरू गरिएको जनाईएकाे छ ।

Previous articleमेयर कप महिला तथा पुरुष भलिबल : आदर्श र धम्बोजी मा.बि. प्रथम
Next articleअदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here