करिब साढे तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

शरद रेग्मी, तुलसीपुर । दाङबाट करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ परेका छन् ।

शनिबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँ निवासी खुमानसिंह वलीको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिहले जानकारि दिनुभयो ।

उहाँका अनुसार तीन लाख ३९ हजार ६ सय ६० रुपैँयासहित ३७ बर्षीय ओमकार वली, ४२ बर्षीय ज्ञान बहादुर डाँगी, ३७ बर्षीय नर बहादुर डांगी, ४६ बर्षीय लिले बस्नेत, २७ बर्षीय डम्मर केसी, ४१ बर्षीय पुर्ण बहादुर डांगी, ५२ बर्षीय थल बहादुर बुढाथोकी, ३७ बर्षीय खुमान सिंह वलीलाई पक्राउ गरिएको हो ।

त्यस्तै ३७ बर्षीय राम रोशन बस्नेत, ५० बर्षीय लाल बहादुर गुरुङ्ग, ५० बर्षीय कुसल शर्मा, ४५ बर्षीय नउले भण्डारी, ४७ बर्षीय चन्द्र प्रकाश अधिकारी, ४७ बर्षीय राम चन्द्र डांगी, ५० बर्षीय प्रशुराम पुनलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ४ गड्डी तास समेत बरामद गरिएको छ । पक्राउ पर्नेहरुको ठेगाना भने गोप्य राखिएको छ ।

Previous articleपत्रकार हकहितमा घाेषणा पत्र जारी गर्दै महासंघकाे १२ औं अधिवेशन सम्पन्न
Next articleभारतले कोरोना विरूद्धका दुई खोपलाई दियो अनुमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here