
नेपालगन्ज । “वृक्षारोपण गरोैं हरियाली बनाओैं” भन्ने नारासहित प्युठानी युवा समाज बाँके र आदिवासी जनजाति पत्रकार महासंघ बाँके (फोनिज) को सहकार्यमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
प्युठानी युवा समाज बाँकेका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा भएको शनिबार वृहत् वृक्षारोपण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित राँझा एयरपोर्ट नजिकै रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण भएको हो ।
वृक्षारोपण कार्यक्रममा झण्डै ५० बढी प्रजातिकाे फलफूलका विरुवाहरु वृक्षरोपण भएको महासंघ बाँकेका अध्यक्ष अशोक थापा मगरले बताउनुभयो ।
कार्यक्रममा प्युठानी युवा समाजका अध्यक्ष बिष्णु श्रेष्ठ, उपाध्यक्ष लक्षमन पन्थी, कोषाध्यक्ष रामचन्द्र पोख्रेल, सल्लाहकार नवीन शर्मा, मेघराज पोख्रेल, पदम सुवेदी, सशिधर भण्डारी, विष्णु केसी, रेशम श्रेष्ठलगायत युवाहरुको उपस्थिति रहेको थियोे ।
फोनिज बाँकेबाट फोनिज अध्यक्ष थापा मगर, फोनिज केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ, प्रदेश कोषाध्यक्ष भगतराम थारु र बाँकेका उपाध्यक्ष सोम गुरुङ, पशुपति मन्दिर व्यवस्थापन समिति, स्थानीय तथा राजनीतिकर्मी लाल बहादुर थापा, प्रज्वल शाहीको उपस्थितिमा वृक्षारोपण भएको थियोे ।





