
नेपालगन्ज । बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन गरिएको छ ।
असल शासन मिडियाले प्रकाशन गरेको उक्त पुस्तक शनिबार एक विशेष कार्यक्रममा बिमोचन गरिएको हो ।
खुशी शाही, ओनिर काफ्ले, सामान भण्डारी, समृद्दी भण्डारी लगायत सात जना बालबालिकाहरुले सो पुस्तक बिमोचन गरेका थिए ।
मिडियाका प्रमुख नमस्कार शाहले संचालन गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्यामानन्द सिंहलाई नागरिक अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी संघीय सभा सदस्य माननीय डाक्टर धवल शमशेर राणा, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सिंहलाई असल शासन मिडियाको तर्फबाट सम्मान-पत्र प्रदान गर्नुभएको थियाे ।
पतन्जली योग समिती, निल सागर आश्रम, जनमत अर्द्द साप्ताहिक लगायत दर्जनौं संस्थाहरुले सिंहलाई सम्मान पत्र प्रदान गरेका थिए ।
सिंहको जन्मदिनको अवसरमा आयोजित उक्त कार्यक्रममा पुस्तकको बारेमा पुस्तक प्रकाशन संयोजक हेमन्त राज काफ्लेले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने सिंहको व्यक्तित्वको बारेमा सरस्वती सङ्गितालयका अध्यक्ष बिरेन्द्र यादवले मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डाक्टर धवल शमशेर राणाले सिंह बहुप्रतिभाको धनी व्यक्ती भएको उल्लेख गर्दै वहाँले कलाका माध्यमबाट सिंहले समाजलाई पुर्याउनु भएको योगदानको राष्ट्रले कदर गर्नु पर्ने बताउनुभयाे ।

लुम्बिनी प्रदेस सभा सदस्य अम्बिका काफ्लेले सिंहको कला केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनुभयाे । मिडिया संचालक समिति सदस्य दिला शाहको अध्यक्षतामा भएको कार्यक्रममा १०० बढी विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।





