
नेपालगन्ज । ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’ का दुग्धजन्य उत्पादनको बिक्री बितरण सुरु भएको छ । ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको कम्पनीले उत्पादनको बजारीकरण बाँके बर्दियामा सुरु गरिएको प्रबन्ध निर्देशक जनक न्यौपानले बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल यादवले नेपालगन्जमा संचालन गरिएको वितरण केन्द्रको उद्घाटन गर्नुभएको थियो ।
कम्पनीले हालसम्म नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी जम्मा ८१ वटा संकलन एवं चिस्यान केन्द्र स्थापना गरी दैनिक ४०÷५० हजार लिटर दुग्ध सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरणको कार्य गर्दै आइरहेको प्रबन्धक न्यौपानले बताउनुभयो ।
करिब २० हजार कृषक परिवारबाट उत्पादित दूग्ध प्रत्यक्ष रूपमा सङ्कलन गरिरहेको र कृषकद्वारा उत्पादित दुग्धको ३ सय ६५ दिन नै खरिद गर्ने ग्यारेन्टीसहित समयमा दुग्धको भुक्तानी प्रदान गरिएको प्रबन्धक न्यौपानेको भनाई छ ।
‘कम्पनीले विगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेतहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुर मा मुख्य चिस्यान केन्द्र स्थापना गरी दूध संकलन कार्य भइरहेको छ ।,’ न्यौपानेले भन्नुभयो, ‘अन्य ३० वटा शाखा दुध संकलन केन्द्रहरूसमेत सञ्चालन गरी दूग्ध खरिद गरिरहेका छौं ।’
कम्पनीले हालसम्म २५० जनालाई प्रत्यक्षरुपमा रोजगारी सिर्जना गरेको दाबी गरेको छ भने अप्रत्यक्ष रुपमा लाखौं मानिसहरू कम्पनीसँग जोडिएको जनाएको छ । पहिलोपटक २०५२ सालदेखि तानसेन पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको अगुवाइमा कमल न्यौपाने र जनक न्यौपानेसमेतको मुख्य लगानीमा २०७० साल माघ १९ गते महाराजगञ्ज १ कपिलवस्तु मा दूग्ध संकलन केन्द्रको स्थापना भएको थियो ।
२०७२ सालमा बुद्धभूमि नगरपालिका बडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवं दुग्धजन्य पदार्थहरू उत्पादन भई बिक्री वितरण कार्य प्रारम्भ भएको थियो ।





