ठाकुरबाबामा बिपद् जाेखिम कम गर्न कृतिम घट्ना अभ्यास

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ हात्तीसारको खौराह खोलामा कृतिम घट्ना अभ्यास गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाको आयोजना, प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) को साझेदारी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्पस कतर्नियाँ, इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँ र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय ठाकुरबाबाको सहकार्य तथा समन्वयमा शनिबार सो कृतिम घट्ना अभ्यास कार्यक्रम गरिएको थियो ।

बाढिको जोखिमका बेला स्थानीयस्तरमा पाईने स्रोत साधनबाट जनधनको सुरक्षा तथा महिला, बालबालिका, बृद्धबृद्धा, अशक्त र अपाङ्गता भएकाहरुको उद्धार कसरी गर्ने भन्ने भन्ने कुरा जानकारी गराउनका लागि कृतिम घट्ना अभ्यास गरिनुका साथै पुर्व तयारी तथा योजना निर्माण गरि जानकारी गराइएको छ ।

बाढी र डुबानबाट विगतका वर्षहरुमा जनधन तथा मानविय क्षेति हुने गरेकोमा यसवर्ष नगर प्रहरीहरुलाई प्रदान गरिएको यस तालिमले त्यसखाले जोखि कम गर्न सहयोग पु¥याउने ठाकुरबाबाकी नगर उपप्रमुख विना कुमारी भट्टराईले बताउनुभयो ।

ठाकुरबाबाका नगर प्रमुख तिलकराम लम्सालले बिपद्बाट हुने जोखिम नियन्त्रणका लागि सर्वसाधारणले पनि यस्ता खोज तथा उद्धारको कार्य जान्न आवश्यक रहेको बताउनुभयो । यस्तै बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोसन कुमार कठायतले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये दोस्रो जिल्लाका रुपमा बाढीको उच्च जोखिममा रहेको बताउनुभयो । यस्ता अभ्यास एकदमै जरुरी रहेकोसमेत उहाँले बताउनुभयो ।

बर्दिया जिल्लामा ठुला नदीहरु कर्णाली, बबई, भादालगायतमा बाढी तथा डुबानबाट सृजना गरेको छ । ठाकुरबाबाका नगर प्रमुख लम्सालको अध्यक्षतामा भएको अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, नगर उपप्रम्ख भट्टराई, बिशेष उपस्थितिमा भएको थियो ।

कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख (बरिष्ठ संरक्षण अधिकृत) डा. असोक कुमार राम, सहायक प्रमुख जिल्ला अधिकारी कठायत, जबरजंग गणका गणपति प्रमुख सेनानी चिरञ्जीवी पौडेललगायतको उपस्थितिमा सो कार्यक्रम गरिएको बी–ग्रुपका प्राविधिक फोकल पर्सन लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleएन.आई.सी एशिया बैंकद्वारा १० लाख बिमा रकम हस्तान्तरण
Next articleबाढी विपद्को पूर्वतयारी अभिमुखीकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here