
खजुरा । एन.आई.सी एसिया बैंकले घातक रोग बीमा अन्तर्गत पिडितलाई सोको बिमादाबी रकम बापत रू दस लाख उपलब्ध गराएको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले क्यान्सर जस्तो घातक रोगबाट लडिरहेको अवस्थामा पीडित खजुरा ४ की पम्फा तिवारीलाई रू १० लाख रुपैयाको चेक प्रदान गरेको हाे ।
बैंकको खजुरा शाखा कार्यालयमा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोल्नु भएका पीडित तिवारीको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम उहाँलाई लुम्बिनी प्रदेश क्षेत्र नम्बर ५ का प्रमुख मनोहर ठगुराठीले साे चेक पीडितलाई हस्तान्तरण गर्नु भएको थियाे ।
बैंकले लागु गरेको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बण्डल सहज खाता योजना अन्तर्गत पीडित तिवारीको खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको लुम्बिनी प्रदेश क्षत्र नम्बर ५ का प्रमुखले जानकारी दिनुभयाे ।





