क्यान्सर पीडितको सहयोगका लागि नेपालगन्जमा चिया अभियान गरिने

नेपालगन्ज । क्यान्सरबाट मृत्यु भएकी महिला विकास निरीक्षक विन्दु कुँवरको स्मृति कोठा बनाउन तथा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि नेपालगन्जमा चिया अभियान गर्ने तयारी गरिएको छ ।

विन्दु कुँवर फाउन्डेसन र बालक्लवका पूर्वसदस्यहरुले सञ्चालन गरेको सहयात्री नेपालले उक्त अभियान सुरु गर्न थालेको हो । ‘एक चिया, एक जीवन, एक परिवर्तन’ भन्ने नाराका साथ सहयोगका लागि चिया अभियान साउन ९ गते शुक्रबार नेपालगन्जको त्रिभुवनचोकमा हुने जनाइएको छ ।

त्रिभुवन चोकमा चियाको स्टल राखेर निःशुल्क चिया खुवाइनेछ भने चिया खान आउने मनकारी, दयालु, मावन सेवीले क्यान्सर पीडितलाई सहयोग गर्न सक्नेछन् ।

चिया अभियानबाट सहयोग भएको रकमको ८० प्रतिशत निलसागर सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने सहयात्री नेपालका कोषाध्यक्ष सल्मान सल्मानीले बताउनुभयो । निलसागरको भवन बनेपछि एउटा कोठालाई विन्दु कुँवर स्मृति बनाइने छ ।

सहयोगको २० प्रतिशत रकम क्यान्सर पीडितलाई सहयोग गर्ने सहयात्री नेपालकी श्वेता गुरुङले जानकारी दिनुभयो ।

Previous articleबाँकेमा मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
Next articleबीपी कोइरालाको ४३ औं स्मृती दिवसमा खजुरा-६ भानु माविमा वृक्षारोपण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here