
नेपालगन्ज । स्वर्गीय बीपी कोइरालाको ४३ औं स्मृती दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ नेपाली काँग्रेस वडा कार्यसमितिले वृक्षारोपण गरेको छ । स्मृती दिवसको अवसरमा मंगलबार खजुरा गाउँपालिका वडा नम्बर ६ उढरापुरको भानु माध्यमिक विद्यालयको प्रांगणमा वृक्षारोपण गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नकी खाँ, लुम्बिनी प्रदेश आमन्त्रित सदस्य गंगाराम भण्डारी, महाधिवेशन प्रतिनिधी कृष्ण बिके रसाइली, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत खजुरा गाउँपालिका सभापति पार्टी रमेश सिंजाली, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश ख सभापति राजेन्द्र आचार्य, खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनबीर क्षेत्रीलगायतले वृक्षारोपण गर्नुभएको थियो ।
विद्यालय परिसरमा गरिएको वृक्षारोपण अघि बिचार बिमर्शसमेत गरिएको थियो । सो कार्यक्रममा बौल्दै क्षेत्रीय सभापति खाँले महामानव बीपी देश र जनताका लागि सदैव अडिग रहने व्यक्ति भएको बताउनुभयो । उहाँले बीपीको देशको लोकतान्त्रिक शासन व्यवस्था ल्याउनका लागि अतुलनिय भूमिका निर्वाह गर्नुभएको भन्दै यस्ता व्यक्तिका बारेमा सबैले जान्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश आमन्त्रित सदस्य भण्डारी, महाधिवेशन प्रतिनिधी रसाइली, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत खजुरा गाउँपालिका सभापति पार्टी सभापति सिंजाली, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश ख सभापति आचार्य, खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष क्षेत्रीलगायतले बीपीको सिद्धान्त र बिचारका बारेमा चर्चा गर्नुभएको थियो ।
वडा कार्यसमितिका सभापति घुरे खाँको अध्यक्षमा भएको बिचार बिमर्श कार्यक्रमलाई वडा सचिव एंव भानु माबिका अध्यक्ष समसुदुहा खान (बद्दाम) ले संचालन गर्नुभएको थियो । बिचार बिमर्श तथा वृक्षारोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकलगायतको सहयोगसँगै उपस्थिति रहेको थियो । विद्यालय परिसरमा १५ वटा बिरुवा रोपिएको छ ।






