
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा दुई दिने आपत्कालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु भएको छ ।
तालिमको शुभारम्भमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बिपद र संघर्ष जस्ता आपतकालीन परिस्थितिमा आमनागरिक मृत्यु र घाइते हुनुपरेको र त्यस्तोमा महिला, बालबालिका जेष्ठनागरिक र अपाङ्गहरु पनि धेरै मात्रामा परेको बताउदै त्यस्ता व्यक्तिलाई रेडक्रसले मानवीय सहयोग गरिरहेको कुरा उल्लेख गर्नु भयो ।
तालिममा रेडक्रस अभियान, यौन तथा लैङ्गिक हिंसा, बाल संरक्षण, कानुनी प्रावधान, मूलप्रवाहिकरण र सहयोग संरचनाबारे सहभागिलाई जानकारी र प्रशिक्षित गरिने छ ।
तालिममा विपद् प्रभावित डुडुवा, नरैनापुर, राप्तीसोनारी गाउँपालिकाका स्थानीय समुदाय, जनप्रतिनिधि, र नेरेसो उपशाखा गरी २५ जनाको सहभागिता रहेको छ भने तालिमको सहजीकरण नेरेसो केन्द्रीय कार्यालयका निर्देशक दिव्यराज पौडेल, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम कोर्डिनेटर सुवेक्षा मानन्धरले गरि रहनुभएको छ ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न सुभारम्भ कार्यक्रममा शाखाका उपसभापति शान्ति श्रेष्ठ, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, सदस्य नरेन्द्रकुमार पौडेल, मीनबहादुर मल्ल, उपनिर्देशक दोलखबहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन नेरेसो बाँकेका लेखा अधिकृत झवीलाल शर्माले गर्नु भएको थियो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ फेडेरेशन० को सहयोगमा यस जिल्लामा संचालित नेपालमा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु ९सिप कभ्ब्ए० परियोजनाको व्यवस्थापनमा प्रशिक्षण संचालन भएको हो ।





