बाँकेका दुई पत्रकार सम्मानित हुँँदै

नेपालगन्ज । बाँकेका दुई पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहूलाई अवधी सांस्कृतिक प्रतिष्ठानले सम्मान गर्ने भएको छ ।

अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै यही श्रावण १५ गते बिहीबार नेपालगन्जमा आयोजना हुने ५२८औं तुलसी जयन्ती तथा २६ औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिष्ठान केन्द्रीय समिति, नेपालगन्ज, बाँके (लुम्बिनी प्रदेश) ले आयोजना गर्ने उक्त कार्यक्रममा पत्रकारद्वयलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।

महोत्सवमा सम्मान अर्पणसँगै पुस्तक विमोचन, लोकगीत गायन (महिला विशेष), बहुभाषिक काव्य गोष्ठी र विचार गोष्ठी जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुने आयोजकले जनाएको छ ।

कार्यक्रमले अवधी संस्कृति र भाषाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

Previous articleआपतकालिन यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
Next articleनेपालगन्जका इद्रिसीले पाए एनसीसी अमेरिकाको बोर्ड अफ डिरेक्टरको जिम्मेवारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here