मालपोतमा प्रजिअ कुरुम्वाङको छड्के अनुगमन, बिचौलिया प्रबेशमा रोक

नेपालगञ्ज । मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले छड्के अनुगमन गर्नुभएको छ । सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्यनजर गर्दै बुधबार दिउँसो अनुगमनमा निस्कनुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बुधबारदेखि मालपोत परिसरमा बिचौलिया प्रबेशमा रोक लगाउनुभएको हो ।

बाँकेका प्रहरी प्रमुख ओम रानासहित छड्के अनुगमन गर्नुभएको उहाँले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकाँश कर्मचारी पोशाक, परिचय पत्र बिना कार्यालयमा उपस्थित भएको, कार्यालयभित्र बिचौलियाहरुको बिगबिगि रहेको, बिचौलियहरु नै कार्यालयभित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाईएको बताउनुभयो ।

सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उहाँले कडा निर्देशन समेत दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निष्ठाको अभावमा सार्वजनिक सेवा प्रबाह नभएको बताउँदै ईमान्दारिता पूर्बक कार्य गर्न निर्देशन दिनुभयो । उहाँले आफु बाँकेमाख आईसकेपछि धेरै कार्यालयहरुको सेवा प्रवाहमा सुधार आएपनि मालपोतको सेवा सुधार नभएको, मालपोतमा व्यापक भ्रष्टाचार भएको र भ्रष्टाचार संस्थागत हुँदै गईरहेको चिन्ता व्यक्त गर्नुभयो ।

नागरिकहरुको व्यापक जनगुनासो आएका कारण मालपोत प्रशासनको निगरानीमा रहेको उनले बताउनुभयो । उहाँले पोशाक र परिचय पत्र नलगाउने कर्मचारीलाई भोलिदेखि कार्यालयमा छिर्न नदिन कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

अनुगमनका क्रममा बाँके प्रहरी प्रमुख रानाले सेवा प्रबाह प्रभावकारी बनाउनका लागि बिबिधता अपनाउन आग्रह गर्नुभयो । सो क्रममा भ्रष्टाचारबिरुद्ध क्रियाशिल बासका कार्यकारी निर्देशक नमस्कार शाहले मालपोतको सेवाबाट सेवाग्राहीहरु सन्तुष्ठ नभएको बताउँदै सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । निर्देशन पश्चात बोल्दै मालपोत कार्यालयका निमित्त प्रमुख अमर सेजुवालले निर्देशनको पालना गर्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Previous articleराप्रपा बर्दियाको बिरोध प्रदर्शन
Next articleभेरीको स्वास्थ्यजन्य फोहर अब सहजै व्यवस्थापन गर्न सकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here