
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य सुर्य प्रसाद ढकालले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई विभिन्न मागसहितकाे ध्यानाकर्षण पत्र बुझाउनु भएकाे छ ।
सांसद ढकालले आसन्न भारत भ्रमणका क्रममा भारत सरकार समक्ष राख्नुपर्ने एजेन्डालाई महत्त्वका साथ राखिदिनका लागि ध्यानाकर्षण पत्र बुझाउनु भएकाे हाे ।
सांसद ढकालले बुझाएकाे ध्यानाकर्षण पत्रमा लेखिएको छ, ´दुई देशबीचको भ्रमण दुई देशको हित र आवश्यकताका आधारमा हुने गर्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा निकट समयभित्र छिमेकी मुलुक भारत भ्रमण जाने कुरा चलिरहेको छ। म भारत भ्रमणको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। भारत भ्रमण जाँदा तपसिलका यि विषयहरु महत्वका साथ उठान गरिदिनु हुन हार्दिक अनुराेध छ ।`
विषयहरू यस्ता छन् ।
१. नेपालगन्ज-दिल्ली हवाई उडानको अनुमति प्राप्ति गर्ने विषय
२. नेपालगञ्ज भन्सार नाकालाई सुक्का बन्दरगाहको रूपमा विस्तार र सञ्चालन गर्ने विषय
३. बाँके क्षेत्र नम्बर १ राप्ती सोनारी गाउँपालिका कुसुमदेखि गङ्गापुरसम्म राप्ती नदीको तटबन्धनको विषय





