
नेपालगन्ज । लायन्स क्लब अफ नेपालगन्ज जीवनले नेपालगन्जको सीमावर्ती क्षेत्रमा पर्ने भवनियापुर माध्यमिक विद्यालय महेन्द्रनगरमा बृक्षारोपण गरेको छ ।
लायन्स क्लब अफ नेपालगन्ज जीवनको आयोजना र डिभिजन वन कार्यालय बाँकेको सहयोगमा ९५ विरुवा रोपिएको हो । वन कार्यालयको सहयोगमा ७० र अन्य नर्सरीबाट २५ वटा विरुवा खरिद गरि बृक्षारोपण गरिएको लायन्स क्लब अफ नेपालगन्ज जीवनका अध्यक्ष लायन तोजिन्द्र विकले बताउनु भयो ।
बृक्षारोपण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जीवन शर्मा, सचिव मो.जियाउल हक, सल्लाहकार इन्द्र कुमार गिरी, सदस्य पारसमणि अर्याल, भुवन शर्मा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष मजहर अलि साई, विद्यालय व्यवस्थापन समिति जेष्ठ सदस्य गुलाम रसुल साई, सदस्य धनीराम चमार, विद्यालय व्यवस्थापन समितिका सदस्य रामकिशोर गिरी, प्रधानाध्यापक मो. शमीम कुरैसी, शिक्षक प्रतिनिधि मनोज राजा श्रीवास्तव, विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बृक्षारोपणमा जामुन, निम, सागुन, अमला, आँप, अम्बा, बेल, हररो, बररो, शितलचिनी, लगायतका बिरुवा रोपिएको थियो ।






