
नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा १३ औं संस्करणको राप्ती गंगा महाआरती शुक्रबार सम्पन्न भएको छ ।
प्रत्येक पूर्णिमाका दिन हुँदै आएको महाआरती यस महिनाको साउन शुक्ल मासको पूर्णिमाका दिन पनि भब्य रुपमा राप्ती गंगा महाआरती सम्पन्न गरिएको छ ।
पण्डित वा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजा अर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने गरिन्छ ।
महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
१३ औं संस्करण राप्ती गंगा महाआरतीमा भक्तजन, सामाजिक अगुवा, सुरक्षाकर्मी, सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रत्येक महाआरतीमा सहभागि हुनका लागि सर्वसाधारणलाई राप्ती गंगा महाआरती समितिले अनुरोध गरेको छ ।






