
नेपालगन्ज । ‘मोहम्मद डे’ को अवसरमा नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र जानकी गाउँपालिकाले शुक्रबार शिक्षण संस्थाहरुमा विदा दिएको छ ।
नेपालगन्जका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाद्वारा बिहीबार जारी सूचनामा ’मोहम्मद डे’ मा शुक्रबार सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा स्थानीय विदा दिइएको जनाइएको छ ।
यस्तै डुडुवाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेयले एक सूचना जारी गर्दै शुक्रबार सम्पूर्ण शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको छ । गाउँपालिका अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीहरुलाईसमेत विदा दिएको छ भने जानकी गाउँपालिकाले बुधबार नै एक विज्ञप्ती जारी गर्दै शुक्रबार सार्वजनिक विदा दिएको छ ।





