कोहलपुरमा अत्याधुनिक फुटबल रंगशाला निर्माण सुरु

कोहलपुर । कोहलपुर नगरपालिकामा अत्याधुनिक रंगशाला निर्माण सुरु भएको छ ।

कोहलपुर वडा नम्बर २ स्थित १३ विघा मैदानमा बन्न लागेको अत्याधुनिक सुविधासम्पन्न फुटबल रङ्गशालाको प्यारापिट निर्माण कार्य सुरु गरिएको छ ।

कोहलपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख संगीता सुवेदी र वडा नम्बर २ का वडाअध्यक्ष हरि कठायतले रंगशाला निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।

अनुमानित २२ करोड रुपियाँ लागतमा सम्पन्न हुने रङ्गशालामा पहिलो चरण अन्तर्गत प्यरापिट निर्माण कार्य सुरु भएको हो । कूल सात करोड रुपैयाँ लागतमा निर्माण हुने रङ्गशालाको केही महिनाअघि तयार गरिएको थियो ।

Previous articleभारत र चीनलाई लिपुलेकबाट हट्न एमालेको आग्रह
Next articleनवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा सपथ ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here