ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन-जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो ।

गृह मन्त्रालयले उहाँहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ । पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहनुभएको छ ।

गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गर्नुभएको थियो ।

तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिनुभएको थियो ।

Previous articleडा.कुर्मी फोकल पर्सन रहनेगरी भेरीमा ‘जेनजी क्लिनिक’ स्थापना
Next articleबाँके प्रहरी दत्तचित्त भएर काम गर्छ : प्रमुख जिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here