बाँके प्रहरी दत्तचित्त भएर काम गर्छ : प्रमुख जिसी

नेपालगन्ज । बाँकेको प्रहरी प्रमुखको जिम्मेवारीमा आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बाँकेका पत्रकारहरुसंग अन्तरक्रिया गर्नुभएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारसंग भेटघाट आयोजना गरिएको थियो । पत्रकारबीच प्रहरी उपरीक्षक अंगुर जिसीले नागरिकले अनुभूति गर्ने गरी प्रहरीले सुरक्षा प्रदान गर्ने बताउनुभएको छ ।

जिसीले नागरिकले सुरक्षित अनुभूति गर्ने गरी प्रहरी परिचालन हुन सके मात्र त्यसले उचित परिणाम दिने दाबी गर्नुभएको छ । चाडपर्व लक्षित सुरक्षा योजना लागू भइसकेको बताउँदै अपराध नियन्त्रणका लागि आफूहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

सबैले सुरक्षित साथ दशैं मान्ने वातावरण निर्माणका लागि सुरक्षा ब्यवस्था मिलाएको उहाँको भनाई छ । बाँकेमा ११ सय बढी प्रहरी परिचालन भएका छन् । उहाँले समाजमा शान्ति सुब्यवस्था र अमनचयन कायम गर्दै भयरसहित वातावरण निर्माणका लागि बाँके प्रहरी दत्तचित्त रहने उल्लेख गर्नुभयो ।

Previous articleओलीसहित पाँच जनाको पासपोर्ट रोक्का
Next articleरामलीला मैदानमा धार्मिक कार्यक्रम आयोजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here