
नेपालगन्ज । राष्ट्रिय निकुन्जका कर्मचारी र पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग गरिएको छ । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको घट्नामा घट्नास्थल पुगेका कर्मचारीलाई कुटपिट तथा समाचार संकलन गर्न पुगेका पत्रकारलाई दुव्र्यवहार गर्नेलाई कारवाही माग गरिएको हो ।
कर्मचारी कुट्नेहरुलाई कारवाही गर्न जिल्लास्थित कर्मचारी संघ संगठनले माग गरेका छन् भने पत्रकारमाथि दुव्र्यवहारको घट्ना निन्दनीय भएको भन्दै पत्रकारका विभिन्न संगठनले त्यसको बिरोध गरेका छन् । कार्यालयको काममा खटिएको अवस्थामा निकुन्जका रेन्जरमाथि निर्घात कुटपिट र दुव्र्यवहारको घटनाप्रति जिल्लास्थित निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरुले घोर निन्दा र भत्र्सना गरेका छन् । ट्रेड युनियनले रेन्जरमाथि भएको घट्नाको फोटो र भिडियो खिचेको भन्दै पत्रकारमाथि समेत आक्रमण र कुटपिट घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जनताको सेवामा कार्यस्थलमा कामकाजमा खटिएको एक राष्ट्र सेवक र जनतालाई सुसुचित गर्ने जिम्मेवारी बोकेको राज्यको चौथो अंगको रुपमा रहेको एक स्वतन्त्र पत्रकारमाथिको यो आक्रमण र अराजक गतिविधिको हाम्रो कडा बिरोध रहेको नेपाल निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरु यसको घोर निन्दा र भत्र्सना गर्दै दोषीउपर कारबाहीको लागि जोडदार माग गरेका छन् ।
निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष चौलागाई, नेपाल निजामती कर्मचारी युनियन बाँकेका उपाध्यक्ष पिताम्बर आचार्य र एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल बाँकेका अध्यक्ष धनमल महतले आइतबार एक संयुक्त विज्ञप्ती जारी गर्दै दण्डहीनताको अन्त्य र कार्यस्थलमा खटिएका कर्मचारीको सुरक्षाको सुनिश्चिता गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनका साथै प्रशासनिक क्षेत्रमा बढ्दै गइरहेको आक्रमण र अराजकताको अन्त्य र कानुनी राज्यको प्रत्याभूतिको लागि सरकारले कसैसंग सम्झौता नगरोस् भन्ने खबरदारीसहित यस घटनाका दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
यस्तै संगठनहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार नै प्रशासन कार्यालय पुगेर संगठनका अध्यक्षहरुले घट्नामा दोषीलाई कारवाहीको माग गरेका हुन । ज्ञापनपत्र बुझ्दै प्रजिअ धर्मराज जोशीले दोषी जोसुकै भएपनि उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरी पत्रकारमाथि भएको दुव्र्यवहार घट्नाका सम्बन्धमा नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रेस युनियन बाँके, प्रेस सेन्टर नेपाललगायतले विज्ञप्ती जारी गर्दै घट्नाको बिरोध गरेका छन् ।
यस घट्नाले राज्यले दिएको सूसूचित गर्ने अधिकारलाई दबाउन खोजिएको र पत्रकारमाथिको प्रहार भएको भन्दै दोषीलाई कारवाही माग गरेका छन् । कात्तिक ७ गते बिदाको दिनमा फिल्डमा खटिएका बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धिताललाई कुटपिट गरिएको थियो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ बुच्चापुरका स्थानियहरुले निकुञ्जका रेन्जर धिताललाई कुटपिट गरेका हुन् । राप्ती सोनारी वडा नम्बर ९ कै गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु थियो ।
आक्रमणपछि निकुञ्जले कुनै पनि रेसपोन्स नगरेको भन्दै आक्रोस पोखेका स्थानियहरुले रेन्जरलाई कुटपिट गरेका थिए भने रेन्जरलाई कुटपिट गरेको भिडियो बनाउने क्रममा कोहलपुर टुडेका पत्रकार डिल्ली शाहीमाथि भिडियो डिलिट गर्न धम्की दिनुका साथै कुटपिट गरेका थिए । उनीहरुले समाचार संकलन गर्न गएका शाहीलाई पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै कुटपिट गरे भने मध्यवर्ती सामुदायिक वनका अध्यक्षसमेत रहेका दल बहादुर खड्कालाई समेत हातपात गरेका थिए । यस्तै दुई जना स्काउट समेतलाई घकलपकड गरेका थिए ।






