तीनपटक स्थगित दशौँ खेलकुद फागुनमा हुने

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३ औं बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले जानकारी दिए ।

गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो । जसका कारण गत आर्थिक वर्षमाप्रतियोगिता नहुने निश्चित भएको थियो । नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।

आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्‍याइएको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यस्तै बोर्ड बैठकले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार दिन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

Previous articleकर्मचारी र पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here