
नेपालगन्ज । इस्लामी संघ नेपालले ६ दिने देशव्यापी जागरण अभियान सुरु गरेको छ । संघले कात्तिक २४ गतेदेखि २९ गतेसम्म अभियानको शुभारम्भ गरेकाे हाे ।
नेपालगन्जकाे जैसपुरबाट अभियान शुभारम्भ गर्दै विद्यालय, मदरसालाई केन्द्रित गरी चलाइने संघका सचिव बद्रे आलम खानले जानकारी दिनुभयो ।
अहिलेको युग वैज्ञानिक प्रगति र डिजिटल क्रान्तिको युग भएको तथा मोबाइल फोन र सामाजिक सञ्जाल निःसन्देह ठूलो बरदान भए पनि यसको सही प्रयोग आवश्यक रहेको संघ नेपाल लुम्बिनी प्रदेश (पश्चिम)का अध्यक्ष उबेदुर रहमान खानले अनुचित प्रयोगले समाजलाई हानी गर्ने उल्लेख गर्नुभयो ।
संघले कात्तिक २७ गते बिहान ७ बजे नेपालगन्जमा “सदुपयोगका लागि र्यालीको आयोजना गरिने, २९ गते नेपालगन्जकाे आइडियल पब्लिक हाई स्कूलमा समिक्षा गोष्ठी आयोजना गरि औपचारिक कार्यक्रमबिच समापन गरिनेछ । आगामी दिनमा यस्ता जनचेतनामूलक कार्यक्रम देशका अन्य प्रदेशमा विस्तार गर्ने योजना अघि सारेको जनाएको छ ।





