कामना सेवा विकास बैंकद्वारा रक्तदान

नेपालगन्ज । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा बिहीबार गरिएको कार्यक्रममा जिल्लाका विभिन्न शाखाको कर्मचारीहरुसहित ५४ जनाले रक्तदान गरेका छन् ।

बैंकको वार्षिक उत्सवका अवसरमा सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बैंक नेपालगन्ज शाखाका शाखा प्रमुख विर बहादुर वलीले जानकारी दिनुभयो । बैंकको पनि समाजप्रति जिम्मेवारी रहन्छ, प्रमुख वलीले भन्नुभयो, रक्तदान उत्कृष्ठ भएकाले यो कार्यक्रम गरिएको हो ।

नेपालगन्जमा गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रका प्राविधिकहरुले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा बैंकको शाखा कार्यालय कोहलपुरका शाखा प्रमुख राजेन्द्र वली, बैजनाथ शाखा प्रमुख रेनु कुमारी बैश्य, क्षेत्रीय कार्यालयका कर्मचारी अर्जुन खनाल, सिता खनाल, माहिराज भट्ट र दिपेश जोशीलगायतको उपस्थिति रहेको थियो ।

Previous articleमदरसाका बिद्यार्थीलाई ट्राफिक सचेतना
Next articleयुवा क्लबका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here