बाँकेका तीनवटै क्षेत्रमा ६१ जनाले दिए उम्मेदवारी

नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बाँकेमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते तोकिएको मनोनयन दर्ता समयावधिमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवार हुनका लागि मनोनयन पत्र दर्ता गराएका हुन् ।

बाँके क्षेत्र नम्बर १ मा १६ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालय क्षेत्र नम्बर १ अगैया पुगेर ३ जना स्वतन्त्रसहित १६ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार १३ जनाले पार्टीबाट र तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ । २ मा पूर्वमन्त्री, पार्टीका जिल्ला सचिव, नगर उपप्रमुखसहित २१ जनाले मनोनयन दर्ता गराएको क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत दिपक कुमार दहालले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई तोकेको समयमा उम्मेदवारहरु दलबल, बाजागाजासहित निर्वाचन कार्यलय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यस क्षेत्रमा नेकपा एमालेबाट पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाली काँग्रेसबाट पार्टीका जिल्ला सचिव सुधान्सु कोइराला, जनता समाजवादी पार्टी नेपालबाट नेपालगन्ज उपमहानगरपालिका नगर उपप्रमुख कमरुद्दिन राईले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी बाँके क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तोकिएको समयभित्र यस क्षेत्र नम्बर ३ मा विभिन्न पार्टीबाट २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, रास्वपासहितबाट २३ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । कार्यालयका अनुसार एमालेबाट सुमन मल्ल, नेपाली काँग्रेसबाट अमर बहादुर पुन र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनारले उम्मेदवारी दता गराउनुभएको छ ।

बाँके १ का उम्मेदवारको नामावली
१. सूर्य प्रसाद ढकाल – नेकपा एमाले
२. नारायण प्रसाद गौडेल – नेपाली काँग्रेस
३. नरेन्द्र प्रसाद पाण्डे – नेपाली कम्यूनिष्ट पार्टी
४. दिपक कुमार शाही – स्वतन्त्र
५. दिवाकर शर्मा – स्वतन्त्र
६. प्रदिप पौडेल – स्वतन्त्र
७. प्रदिप कुमार शाह – राष्ट्रिय प्रजातन्त्र पार्टी
८. कृष्णा केसी (नमूना) – प्रगतिशील लोकतान्त्रिक पार्टी
९. तुलसीराम सापकोटा – राष्ट्रिय जनमोर्चा
१०. दिपक बुढाथोकी – नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)
११. धन बहादुर खडका – उज्यालो नेपाल पार्टीबाट
१२. फेरुलाल चौधरी – मंगोल नेशनल अर्गनाइजेशन
१३. भरतनिधि तिवारी – श्रम संस्कृति पार्टी
१४. सुरेश कुमार चौधरी – राष्ट्रिय स्वतन्त्र पार्टी
१५. राजेन्द्र कुमार विश्वकर्मा – जनता समाजवादी पार्टी नेपाल
१६. सुर्जा थापा – नेपाल मजदुर किसान पार्टीबाट

बाँके २ का उम्मेद्वारको नामावली
१. सरस्वती प्रसाद बर्मा– जनता समाजवादी पार्टी
२. गोपाल प्रसाद गिरी–स्वतन्त्र
३. प्रकाश शाह – नेपाल मजदुर किसान पार्टी
४. सौरभ जंग शाह – स्वतन्त्र
५. ऋषिराज देवकोटा – राप्रपा
६. राम चरण चौधरी –श्रम संस्कृती पार्टी
७. मोहम्मद इस्तियाक राई – एमाले
८. महेन्द्र बहादुर चन्द – नेकपा माओवादी
९. विजय कुमार गुप्ता – नेपाल जनता पार्टी
१०. जगदिस ढकाल – राष्ट्रिय जनमोर्चा
११. सुधान्सु कोईराला – नेपाली काँग्रेस
१२. अब्दुल अमर साई – आम जनता पार्टी
१३. दिपेन्द्र बिष्ट – नेपाल कम्न्युष्ट पार्टी
१४. मनोज कुमार चौधरी – स्वतन्त्र
१५. शैलेन्द्र कुमार कर्म – उज्यालो नेपाल
१६. कमरुद्दिन राई – जनता समाजबादी नेपाल
१७. माजिद अलि शेष – प्रगतिशिल लोकतान्त्रीक पार्टी
१८. विवेक कुमार श्रेष्ठ–राष्ट्रिय स्वतन्त्र पार्टी
१९. बावु प्रकाश घिमिरे – राष्ट्रिय मुक्ति मोर्चा नेपाल
२०. सिताराम यादव – राष्ट्रिय एकता दल
२१. मोहमद आजाद शाइ – जनमत पार्टी
२२. इरफान अहमद शेष – राष्ट्रिय जनमत पार्टी

बाँके ३ का उम्मेदवारको नामावली
१. सुमन मल्ल – नेकपा एमाले
२. अमर बहादुर पुन – नेपाली काँग्रेस
३. खगेन्द्र सुनार – राष्ट्रिय स्वतन्त्र पार्टीबाट
४. भूमि महतरा – नेपाल मजदुर किसान पार्टी
५. मनोज कुमार थारु – मंगोल नेशनल अर्गनाइजेशन
६. चन्द्रबीर कामी – ने.क.पा माक्सवादी पुष्पलाल
७. ओमकार थापामगर – श्रम संस्कृति पार्टी
८. धु्रवराज थारु – नागरिक उन्मुक्ति पार्टी
९. रुप कुमार चन्द – मितेरी पार्टी नेपाल
१०. तारक सिंह थारु – राष्ट्रिय प्रजातन्त्र पार्टी
११. मुबारक अली दर्जी – राष्ट्रिय जनमत पार्टी
१२. विद्या शर्मा – आम जनता पार्टी
१३. सूर्यलाल यादव – जनता समाजवादी पार्टी नेपाल
१४. मन बहादुर सुनार – राष्ट्रिय जनमोर्चा
१५. तेज प्रसाद भण्डारी – प्रगतिशील लोकतान्त्रिक पार्टी
१६. पदम बहादुर घर्तिमगर – स्वतन्त्र
१७. चेत बहादुर ओली – स्वतन्त्र
१८. भिम बहादुर सुनार – स्वतन्त्र
१९. भगवी शाह – स्वतन्त्र
२०. सूर्य प्रकाश रेग्मी – स्वतन्त्र
२१. फिरोज खाँ – जनमत पार्टी
२२. दिपक जिएम – नेपाली कम्यूनिष्ट पार्टी
२३. कान्तुराम गौतम – नेपाली कम्यूनिष्ट पार्टी

यस्तो छ निर्वाचन कार्यतालिका
मङ्गलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसैदिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसैदिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

Previous articleनरैनापुर ६ मा वडास्तरीय फुटबल: मनकामना विजयी
Next articleपहिलो पटक नेपालगन्जमा क्रियटर्स मेला हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here