
नेपालगञ्ज । सोमबार २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ । सो अवसरमा देशभर विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइएको हो ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उहाँले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो ।
यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२९०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो ।
सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिकस्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् । यस अवसरमा नेपालगञ्जमा र्याली, दिप तथा माल्यापर्ण कार्यक्रम गरिएको छ । तस्बिर : अरुण शर्मा














