पहिलो पटक नेपालगन्जमा क्रियटर्स मेला हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा क्रियटर्स मेला २०२६ हुने भएको छ । यूएस एम्बेसीको आयोजनामा यही जनवरी २४ मा नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको क्रियटर्स मेला हुन लागेको हो ।

मेलामा नेपालगन्जका क्रियटर्सहरुको प्रस्तुति रहने छ । नेपालगन्जका सिर्जनशील क्रियटर्सहरु आर जिवी निहाल, मोहिनी दिलिप पौडेल र रेहान इडीले नेपालगन्जको आवाज, कथा र सम्भावनाको प्रस्तुति दिनुहुनेछ ।

कलाकार प्रियंका कार्की, आयूशमान जोशी, स्टोरी टेलर लक्स लिम्बू, फेसन इन्फ्लुऐन्सर कविता नेपाली, नृत्याँगना अश्विन न्यौपाने, एआई क्रियटिभ्स एण्ड विज्ञ विद्यान श्रेष्ठ, हिमालय आरोहणकर्ता सुष्मा कार्की, मेकअप आर्टिस्ट नेपाल सिजन ८, ट्राभल भ्लगर, सिनेमाटोग्राफर प्लाटफर्म इभा गिरी, प्रेमा लामगादे, रेहान श्रेष्ठ, शार्क ट्याँक नेपालबाट क्याबिनेट श्रेष्ठ बिशाखा खडका, आनन्द बगबरियाको उपस्थिति रहनेछ ।

कार्यक्रममा नेपालका चर्चित गायक सज्जन राज बैद्य, लाइभ प्रस्तुतिले क्रियटर्स मेलालाई भब्य बनाउने आयोजकले जनाएको छ । नोलगन्जमा हुने लागेको यो कार्यक्रम एउटा कार्यक्रम मात्रै नभएर क्रियटर्स उद्यमी र कलाकारको भविष्य खोज्ने प्लेटफर्म रहेको क्रियटर्स निहालले बताउनुभयो । नेपालगन्जको सिद्धार्थ कटेजमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आयोजना गरिएको यस कार्यक्रममा उपस्थितिका लागि प्रवेश निःशुल्क रहेको छ ।

Previous articleबाँकेका तीनवटै क्षेत्रमा ६१ जनाले दिए उम्मेदवारी
Next articleबाँके अझै हात्तीपाइले रोगको जोखिममा, १६औं पटक औषधी खुवाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here